विश्वमा संक्रमितको संख्या साढे ४ करोड नाघ्यो, ११ लाख ८५ हजारले ज्यान गुमाए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ४ करोड ५३ लाख नाघेको छ भने ११ लाख ८५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४ करोड ५३ लाख १३ जार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ११ लाख ८५ हजार ७३४ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ३ करोड २९ लाख ८५ हजार ६४८ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ३४ हजार १७७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ९२ लाख १२ हजार ७६७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५१ हजार ५३० भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार ४७ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २१ हजार १३१ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ५६८ जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा ४९ हजार २८१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८० लाख ८८ हजार ४६ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५४ लाख ९६ हजार ४०२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५६५ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ५९ हजार ३३ पुगेको छ ।

विश्वभरको कोरोना अपडेट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :- कोरोना अपडेट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस