नबिल बैङ्क ‘नेपालमा अग्रणी पार्टनर बैङ्क’ अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैङ्क लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैङ्क – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले ‘नेपालको अग्रणी पार्टनर बैङ्क’को रूपमा मान्यता दिइएको छ ।
एसियाली विकास बैङ्कको TSCFP द्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापार बढवा दिने उद्देश्यका साथ बैङ्कहरूलाई ग्यारेन्टी र ऋण प्रदान गर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋण मार्फत बजारमा रहेका कठिनाइहरू अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त गर्दछ ।
एडिबी व्यापार वित्त कार्यक्रम घोषणा अनुसार नबिल बैङ्कले १ जुलाई २०१९ देखि ३० जून २०२० सम्म नेपालमा TSCFP सँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो  ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस