अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी नियुक्त

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेट नियुक्त भएकी छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले सिफारिस गरे अनुसार उनी न्यायाधीश बनेकी हुन् ।

४८ वर्षीया न्यायाधीश एमीलाई ह्वाइट हाउसमा प्रधानन्ययाधीश जोन रोबर्टले शपथ गराएका छन् । न्यायाधीश नियुक्तिका लागि भएको मतदानमा रिपब्लिक एकजना सिनेटर सुसन कोलिन्सले भने पार्टीको निर्णयविपरित डेमोक्रेटका पक्षमा मतदान गरेकी थिइन् । न्यायाधीशका लागि भएको मतदानमा ५२–४८ मतले एमी न्यायाधीश बनेकी हुन् ।

माथिल्लो सदनले उनको नाम पारित गरेपछि एमी त्यहाँको सर्वोच्च अदालतकी ८७ वर्षीय न्यायाधीश  गिन्सबर्गको स्थान लिन पुगेकी हुन् । अमेरिकी चुनावअघि न्यायाधीश नियुक्त नगर्न डेमोक्रेटले दबाब दिए पनि ट्रम्पले चुनाव अघि नै उनको नियुक्तिमा जोड दिएका हुन् ।

अमेरिकी राष्ट्रपति चुनाव नोभेम्बर ३ मा हुँदैछ । जसमा रिपब्लिकनको तर्फबाट राष्ट्रपति ट्रम्प र डेमोक्रेटिक तर्फबाट जो बाइडेन चुनावी मैदानमा छन् । –एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस