ग्लोबल आईएमई बैंकले १६ प्रतिशत लाभांश दिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष ०७६/७७ को नाफाबाट सेयरधनीहरूलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले १४ प्रतिशत बोनस सेयर र करसहित २ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले गत वर्ष १२.७५ प्रतिशत बोनस र करसहित १२.७५ प्रतिशत नगद लाभांश दिएको थियो ।

यस वर्ष प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले प्राप्त गर्नेछन् । हाल बैंकको पुँजी करिब १८ अर्ब ९७ करोड ५९ लाख रुपैयाँ छ । बोनस सेयर वितरणपछि चुक्ता पुँजी २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँभन्दा माथि पुग्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस