नेपाल बङ्गलादेश बैंकद्वारा मुस्कान सेवा नेपाललाई रकम हस्तान्तरण

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत,सिपाडोल वडा नं ८, सूर्यविनायक, भक्तपुरस्थित मुस्कान सेवा नेपाल नाम गरिएको अनाथालयलाई रु ३,००,००० (तीन लाख रुपैँया मात्र) रकम हस्तान्तरण गरेको छ ।

सो अनाथालयमा हाल ५ छात्र तथा ७ छात्राहरु आश्रित छन् । नेपाल बङ्गलादेश बैंकको केन्दि«य कार्यालयमा एक कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द« भुषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहद्धारा मुस्कान सेवा नेपालकी अध्यक्ष भवानी गुरुङ्गलाई सो रकम हस्तान्तरण गरिएको थियो । गएको करिब दुई वर्षमा धेरै पटक डेरा सर्न परेकोले सिपाडोल वडा नं ८, सूर्यविनायक, भक्तपुरस्थित संस्थाले आफ्नै भवन निमार्ण गरिरहेको छ । सोही भवन निमार्णका लागि नै उक्त रकम प्रदान गरिएको हो ।

साथै बैँकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ । बैँकले आफ्नो संस्थागत नारा नै “हामी सबैको बैँक” भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवन स्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस