सामसुङ कम्पनीका अध्यक्ष ली कुन-हेको निधन

काठमाडौं । विश्व प्रसिद्ध सामसुङ कम्पनीका अध्यक्ष ली कुन–हेको मृत्यु भएको छ । दक्षिण कोरियाली व्यवसायी लीले सन् १९८७ देखि २००८ र सन् २०१० देखि २०२० सम्म सामसुङ ग्रुपको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

एएफपीका अनुसार आइतबार बिहान दक्षिण कोरियाको राजधानी सिओलमा ७८ वर्षीय लीको मृत्यु भएको हो । सन् २०१४ मै हृदयघातको समस्या भोगेका लीको आइतबार मृत्यु भएको सामसुङले पुष्टि गरेपनि कारण खुलाएको छैन ।

स्मार्टफोन, कम्प्युटर र टेलिभिजन उत्पादनमा सामसुङले विश्वमै प्रभुत्व जमाएको छ । सामसुङ अमेरिकी कम्पनी एप्पललाई टक्कर दिइरहेको कम्पनी हो। पछिल्लो समय चिनियाँ कम्पनी हुवावेमाथि अमेरिकाले प्रतिबन्ध लगाएपछि सामुङको बजार फेरि विस्तार भएको छ ।

खेलमा रुची राख्ने ली विश्व ओलम्पिक कमिटीको सदस्य पनि थिए । सेप्टेम्बर २०२० मा सामसुङको सम्पत्ति २० अर्ब डलर मूल्याङ्कन गरिएको थियो । सामसुङ विश्वकै एउटा ठूलो प्रविधि कम्पनी हो, दक्षिण कोरियाको अर्थतन्त्र जसको ठूलो योगदान रहेको छ । ली दक्षिण कोरियाका सबैभन्दा धनी व्यवसायी हुन् । –एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस