लाइन विस्तारपछि गाउँ उज्यालो

जाजरकोट । नलगाड नगरपालिका-८ हल्चौरमा विद्युतको लाइन विस्तारसँगै गाउँ झिलिमिली भएको छ । यहाँका करिव ५०० घरधुरीले लाइन विस्तारसँगै विद्युत् सेवा पाएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले ट्रान्समिटर, सांसद विकास कोषको आर्थिक सहयोगमा पोल तथा तार खरिद गरी लाइन विस्तार गरेपछि हल्चौर गाउँमा विद्युत् सेवा शुरु भएको हो ।

स्थानीय खुमाउरी खोला जलविद्युत् आयोजनाबाट उत्पादन गरिएको विद्युत् बढी भई खेर गएको अवस्थामा हल्चौरमा लाइन विस्तार गरी सो विद्युत् प्रयोग गरिएको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको विशेष पहलमा हल्चौर गाउँमा विद्युतीकरण भएसँगै हल्चौरवासीहरु खुसी भएको नलगाड–८ का रामप्रसाद खत्रीले जानकारी दिए । अहिले गाउँमा वाइरिङको काम भइरहेको छ ।

मन्त्री बस्नेतका अनुसार अहिले खुमाउरी खोलाबाट विद्युत् ल्याएर सञ्चालन गरे पनि केही महिनाभित्र केन्द्रीय लाइन विस्तार भइरहेकोले सोही लाइनमार्फत हल्चौरमा विद्युतीकरण गरिने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस