हरिवंश आचार्य दम्पति कोरोना संक्रमण मुक्त

काठमाडौँ । कलाकार हरिवंश आचार्य दम्पति कोरोना संक्रमण मुक्त भएका छन् । गत असोज २० गते कोरोना संक्रमण पुष्टि भएका आचार्य दम्पतीको कोरोना परिक्षण रिपोर्ट निगेटिभ आएको हो ।

हरिवंश आफैले आफुहरु दुवैको रिपोर्ट निगेटिभ आएको जानकारी दिएका छन् । रिपोर्ट निगेटिभ आएको जानकारी दिदै हरिवंशले आफुहरुलाई माया दिने सबैलाई धन्यवाद दिएका छन् । असोज १९ गते गरेको स्व़ाब परिक्षणको रिपोर्ट २० गते पोजेटिभ आएपछि दुवै आफ्नो घरमै आइसोलेसनमा रहेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस