प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ

मोरङ ।मोरङको बिराटनगर-१६ स्थित दरैया एरियाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा विराटनगर रानी-१५ का ३१ बर्षीय शम्भु साह र सोही स्थानका ३० बर्षीय बिकी राई रहेका छन् ।

विशेष सुराकका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान (RIT) समुहबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ६२ बोतल डाईलेक्स डिसी,१८७ ट्याब्लेट नाईट्रोजन र २३८ ट्याब्लेट एसपी प्रोक्सिभन लागुऔषध सहित  मंगलबार  विहान  पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जना उपर जिल्ला प्रहरी कार्यालय मोरङबाट कानुनी कारबाही अगाडी  प्रहरीले जनाएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख …

प्रतिकृया दिनुहॊस