आजको मौसमः यी प्रदेशमा छ वर्षाको सम्भावना

काठमाडौं । अहिले प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भू-भागहरूमा सामान्यतया मौसम सफा रहको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

  • यस्तो छ तीन दिनको पूर्वानुमान

कार्तिक ०१ गते (शनिबार):
दिउँसो : प्रदेश १ र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाकी भू-भागहरुमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: प्रदेश न १ मा आंशिक देखि सामान्य बदली तथा बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कार्तिक ०२ गते (आईतबार):
दिउँसो : प्रदेश १, बाग्मती, गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कार्तिक ०३ गते (सोमबार):
दिउँसो : प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा लुम्बिनि प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पछिल्लो २४ घण्टामा उपत्यकामा थप आज १ हजार ५३५ जनामा कोरोना पुष्टि

काठमाडौं । आज आइतबार  उपत्यकामा थप १ हजार ५३५     जनामा कोरोना पुष्टि भएको छ …

प्रतिकृया दिनुहॊस