काठमाडौं ।नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७०० नाघेको छ । पछिल्लो २४ घण्टामा थप कोरोनाभाइरसबाट २१ जनाको मृत्यु भएसँगै नेपलामा मृतकको कुल संख्या ७१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ भने हालसम्म निको हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ ।
प्रतिकृया दिनुहॊस