बलिउड चलचित्र “का पे रनसिंगम” नेपाल र भारतमा एकसाथ रिलिज हुँदै

काठमाडौं ।नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले शुरुवात गरेको छ । असोज ३० गते रिलिज हुने चलचित्र “का पे रनसिंगमर्” पे पर भ्यू सुविधा मार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन् । तमिल चलचित्र “का पे रनसिंगमर्” सत्य घटनामा आधारीत, सामाजीक चलचित्र हो जसले दक्षिण भारतीय किसानहरुको कथा बोकेको छ ।

तमिल नायक विजय सेतुपथि अभिनित यो चलचित्र सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा दैनिक ३ सो बिहान १० बजे दिउँसो ४ बजे र राती १० बजे हेर्न सक्नुहुनेछ । भनेअसोज १६ गते रिलिज भएको चलचित्र “खाली पीलीर्” हेर्न चाहनुहुने दर्शकहरुको लागी विहान ७ बजे दिउँसो १ बजे र बेलुकी ७ बजे हेर्न सक्नुहुनेछ ।

दैनिक ८ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा अब दैनिक ६ सो मात्र संचालन हुनेछ । चलचित्र “का पे रनसिंगमर्” अथवा “खाली पीलीर्” हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा MOD999 आफ्नोCAS ID अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने कम्पनीले जनाएकाे छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस