मेगा बैंकले ल्यायो हातैमा रेमिट्यान्स

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमिट’ सेवालाई अत्याधुनिक रुपमा विकास गरेको छ । स्मार्ट रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यले मेगा बैंकले मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने गरी अत्याधुनिक सेवा प्रारम्भ गरेको हो ।

रेमिट केन्द्रहरुमा नपुगी आफैले मोबाइलबाट सिधै रकम रेमिट गर्न सकिने हुँदा यसलाई ‘हातैमा रेमिट्यान्स’ भन्ने नाम दिइएको छ ।

‘स्मार्ट जमानाको, स्मार्ट रेमिट्यान्स’ भन्ने नाराबाट शुरु गरिएको यो सुविधाबाट नेपालभर आफूले चाहेको स्थानमा रकम पठाउन सकिने मेगा बैंकले जनाएको छ । एकपटकमा बढीमा १ लाख रुपैंयासम्म रेमिट गर्न सकिने छ ।

प्राप्त गर्ने व्यक्तिको मेगा बैंकमै खाता भएमा सिधै खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ ।तर, खाता नभएमा मेगा बैंकका देशभर छरिएका १० हजार एजेन्टहरु तथा मेगा बैंकका देशभरका २ सय ६ वटा शाखा कार्यालयहरुमध्ये आफूलाई पायक पर्ने स्थानबाट नगदमै रकम प्राप्त गर्न सकिने मेगा बैंकले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस