mainnews

गण्डकी प्रदेशमा थप ९७ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा विहिबार थप ९७ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ९७ जना संक्रमितहरु थपिएका हुन् ।

नयाँ संक्रमितहरुमा बाग्लुङका ५१ जना, कास्कीका ३० जना, लमजुङका ३ जना, गोरखाका ७ जना र नवलपरासी पूर्वका ६ जना रहेका छन् । नयाँ संक्रमितमा कास्की जिल्ला, पोखरा महानगरपालिकाका ८ जनाको चरक मेमोरियल अस्पताल, पोखरा र गण्डकी मेडिकल अस्पतालमा कोरोनाको परिक्षणका लागि नमुना संकलन भएको हो ।

अन्य सबै संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म ५२८४ जना संक्रमित भएका छन् भने प्रदेशमा अहिलेसम्म कोरोनाबाट ४६ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म ३४७० जना ठिक भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्वोच्चको आठ बुँदे आदेश- पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू

काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि …

प्रतिकृया दिनुहॊस