सुनको मूल्य घट्यो, आज कारोबार कतिमा ?

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ५ सय र चाँदी १० रुपैयाँले घटेको हो ।

सोमबार ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार ५ सयले घटेर ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी पनि २० रुपैयाँले घटेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस