ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

काठमाडौं । अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से१त ८३३८ नंको ट्र्याक्टर दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी ट्र्याक्टरमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको थप कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शपथ लिएको भोलिपल्टै मुख्यमन्त्रीको पद धरापमा

शपथ प्रकरणपछि रन्जिता पक्षका दुई सांसदमा समेत फुट देखिएपछि बिहीबारमात्रै मुख्यमन्त्रीको शपथ खाएका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई अप्ठ्यारो परेको छ । नाउपाकी सांसद टीका थापाले समर्थन फिर्ता लिएको घोषणा गरेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन् । मन्त्रीको शपथ लिन बिहीबार प्रदेश प्रमुखको कार्यालय पुगेकी उनी मन्त्रालयको टुङ्गो नलागेको भन्दै शपथ नलिई फर्केकी थिइन् ।

प्रतिकृया दिनुहॊस