कोरोना संक्रमित परीक्षार्थीले लोक सेवाको परीक्षा दिन नपाउने

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमितले संक्रमणकै अवस्थामा लोकसेवाको परीक्षा दिन नपाउने भएका छन् ।

लोक सेवा आयोगले संक्रमणकाे विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७७ मा साे कुरा उल्लेख गरेकाे छ । ‘परीक्षार्थी कोरोना संक्रमण भए वा नभएको स्वयमले घोषणा गर्नु पर्नेछ। संक्रमित परीक्षार्थीले केन्द्रमा प्रवेश गर्न हुने छैन,’ मापदण्डमा उल्लेख छ ।

त्यस्तै साे मापदण्ड अनुसार एक सय जना परीक्षार्थीकाे लागि एक परीक्षा केन्द्र कायम गरिने छ । एउटा परीक्षा हल/काेठामा बढीमा २५ जना परीक्षार्थी रहने गरी व्यवस्थापन गरिनेछ ।

यस्तै परीक्षामा खटिने जनशक्तिहरूलाइ स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गर्न, मास्क, पञ्जा, फेससिल्ड लगाउन तथा सेनिटाइजरकाे प्रयाेग गर्न लगाउनुपर्नेछ । परीक्षार्थीहरूलाइ पनि अनिवार्य रूपमा मास्क लगाउन, सेनिटाइजरकाे प्रयाेग गर्न र भाैतिक दुरी कायम गर्न लगाउनुपर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस