पहिरो हटाउन सिद्धार्थ राजमार्ग दैनिक तीन घण्टा बन्द हुने

पाल्पा । पहिरो हटाउन सडक डिभिजन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्ग सोमबार बिहानदेखि दैनिक तीन घण्टा बन्द गर्ने भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा बर्तुङ्देखि सिद्धबाबा चिडियाखोला सडकखण्डका विभिन्न भागमा खसेका पहिरो पन्छाउन चारदिनसम्म दैनिक तीन घण्टा सडक बन्द गर्न लागेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

पाल्पा-बुटवल सडकखण्डमा करिब दुई दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको थियो । कैयौ ठाउमा सडक भासिएको छ भने पहिरोका कारण सडक दुईतर्फी सञ्चालन गर्न समस्या भएको छ ।

डिभिजन सडक कार्यालय, पाल्पाले सूचना प्रकाशित गर्दै भनेको छ – ‘सिद्धार्थ राजमार्गको चिडियाखोला देखी बर्तुङ सडकखण्डको पहिरोहरु सफा गर्ने कार्यको लागी मिति २०७७।०६। २६ गते देखि मिति २०७७।०६।२९ गतेसम्म विहान ०६:०० बजे देखी ०९:०० बजे सम्म सवारी आवगमन बन्द हुने छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस