एनएमबि बैंक र टेन्सेन्ट होल्डिङबीच सम्झौता, विच्याट भुक्तानी सेवा प्रदान गर्ने देशको पहिलो र एकमात्र बैंक एनएमबि बन्न सफल

काठमाडौं । एनएमबि बैंकले चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिङ लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौतासँगै साे कम्पनीको विच्याट भुक्तानी प्रणाली मार्फत् नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले  सजिलैसँग नेपालमा खरिद गरेको बस्तु तथा सेवाको भुक्तानी गर्नसक्ने व्यवस्था बैंकले गरेको छ । विच्याट भुक्तानी सेवा प्रदान गर्ने देशको पहिलो र एकमात्र बैंक एनएमबि बन्न सफल भएको बैंकले उल्लेख गरेको छ । ‘टेन्सेन्ट होल्डिङसँगको साझेदारीबाट एनएमबि बैंक नेपालमा विच्याट भुक्तानी सेवा प्रदान गर्ने साेही संस्थाको आधिकारीक साझेदार बन्ने बैंककाे जारी विज्ञप्तिमा उल्लेख गरेकाे छ ।

१ दशमलव १७ अर्ब भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू रहेका छन् । संसारकै सबैभन्दा प्रभावकारी भुक्तानी प्रणाली सेवा मध्ये विच्याट भुक्तानी प्रणाली सञ्चालनका लागि टेन्सेन्ट होल्डिङ लिमिटेडसँग प्रत्यक्षरुपमा साझेदारी गर्ने नेपालको पहिलो बैंक हुँदा  गौरवान्वित महसुस भएको बैंकले जानकारी दिएकाे छ ।

नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरूको योगदान अवस्मरणीय छ । संख्याका हिसाबले पनि नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या उल्लेखनी छ । ‘देशको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्नसक्ने चिनियाँ पर्यटकहरुलाई यस बैंकले उनीहरूले सबैभन्दा धेरै रुचाएकाे भुक्तानी प्रणाली विच्याटको सुविधा प्रदान गर्न सक्षम भएको बैंकले जानकारी दिएकाे छ ।

यसबाट चिनियाँ पर्यटकहरुले नेपालमा बस्तु तथा सेवामा गर्ने खर्चलाई बढाउन र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या बृद्धि गर्न समेत मद्दत गर्नेछ । यसबाट देशको विदेशी मुद्राको संचिति बढाउन समेत सहयोग पुग्नेछ । विच्याट भुक्तानी प्रणालीको नेपालमा सहज उपलब्धताले साना तथा मझौला व्यवसायीहरुलाई विदेशी मुद्रा कारोवारको हिसाव मिलानको सहज व्यवस्थापन गर्न समेत मद्दत पुग्ने बैंकले उल्लेख गरेकाे छ ।

‘एनएमबि बैंक लि. र टेन्सेन्ट होल्डिङका बीचमा भएको साझेदारीले नेपाल भ्रमण गर्ने पर्यटकहरूलाई भुक्तानीका सहज तथा सरल प्रणाली उपलब्ध गराउनका लागि विभिन्न विकल्पहरूको खोजी गर्न अन्य धेरैको लागि ढोका खोल्नेमा बैंक विश्वस्त रहेकाे विज्ञप्तिमा उल्लेख छ । एनएमबि बैंकले नेपालमा डिजिटल बैंकिङबाट ग्राहकलाई सहज र सरल रुपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्नेतर्फ द्रुत गतिमा अगाडि  बढिरहेकाे बैंकले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस