भारतमा कोरोनाबाट एकै दिन ९६४ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको भएपनि केहि दिन यता भने अलिकति घटेको देखिएको छ ।भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ९६४ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ६ हजार ४९० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७० हजार ४९६ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६९ लाख नाघेको छ । भारतमा कुल संक्रमित ६९ लाख ६ हजार १५२ पुगेको छ । भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ५९ लाख ६ हजार ७० जना ठिक भएका छन् । त्यस्तै ८ लाख ९३ हजार ५९२ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस