भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन

काठमाडौँ । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका ७४ बर्षिय पासवानको निधन भएको उनका छोरा चिराग पासवानले जानकारी दिएका छन् । भारतीय राजनीतिमा धेरै समय सत्तामा रहने नेताका रुपमा पासवानलाई चिनिन्छ ।

हाल केन्द्रीय कन्जुमर अफयर्स, खाद्य र सार्बजनिक वितरण मन्त्री रहेका पासवान नरेन्द्र मोदीसहित ६ प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारमा मन्त्री बनेका थिए । विहारमा राजनीति गरेका पासवानले २००४ मा जनता दलबाट फुटेर लोक जनशक्ति पार्टी बनाएर राजनीति गरेका थिए । अहिले सो पार्टीको नेतृत्व उनका छोरा चिराग पासवानले सम्हालेका छन् ।

करिब पाँच दशकसम्म विहार र भारतको केन्द्रीय राजनीतिमा सक्रिय रहेका पासवानले दुई पटक भारतको लोकसभा निर्वाचनमा सर्बाधिक मत ल्याएर जित्ने किर्तिमान समेत बनाएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस