लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’मा अन्ततः जित लोकतन्त्रकै हुनेछ: प्रवक्ता शर्मा

काठमाडौँ । गत २४ दिनदेखि सत्याग्रहमा बसेका डा. गोविन्द केसीका मागप्रति सरकार उदासिन भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग  कडा प्रश्न गरेकाे छ । ‘डा. केसीसँग कुरै नगरी बरु कात्रो पठाउने तयारी हो?’

कांग्रेसले बुधबार विज्ञप्ति जारी गरेर डा. केसीसँग वार्ता नगर्ने बालुवाटारको बाल हठ महँगो पर्ने भन्दै कडा चेतावनी समेत दिएकाे छ । हाल ‘डा. केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको छ। प्रवक्ता शर्माले ख्याल रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’मा अन्ततः जित लोकतन्त्रकै हुनेछ। डा केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस्,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख …

प्रतिकृया दिनुहॊस