टेरापे (TerraPay) र जि.एम.इ रेमिट प्रा.लिबिच रेमिटान्स सम्झौता

विश्वको ख्याति प्राप्त डिजिटल रेमिटान्स कम्पनी टेरापे (TerraPay) र जि.एम.इ रेमिट प्रा.लि बिच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएको छ । जि.एम.इ रेमिटको माध्यमबाट विश्वभर रहेको टेरापे (TerraPay) का सम्पूर्ण एजेन्टहरुबाट सजिलै सँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिन्छ ।

नेपालमा जि.एम.इ. रेमिटसँग आबद्ध सबै बैंक तथा वित्तीय संस्थाहरुबाट सजिलै रकम भुक्तानी लिन मिल्नेगरीे खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ । उक्त सम्झौतामा जि.एम.इ. रेमिट प्रा.लि को तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र टेरापे (TerraPay) को तर्फबाट निर्देशक दिल्शाद राजबलीले हस्ताक्षर गरेका छन् । जि.एम.इ. रेमिट प्रा.लि ले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको कम्पनीले जानकारी दिएकाे छ ।

 

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस