प्रदेश नम्बर ५ को नाम लुम्बिनी

प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने निर्णय भएको छ। प्रदेशसभाको आज बसेको बैठकले दुईतिहाइ बढी मतले प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय गरेकाे छ। प्रदेशको नामाकरण गर्न भएको मतदानमा ८७ जनामध्ये ८३ जनाले भोट हाले।

लुम्बिनी नाम राख्ने पक्षमा ७९ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत खसेको थियाे। यसभन्दा पहिले राजधानी दाङ राख्न पक्षमा मत नदिएका कांग्रेसका १३  जना सांसदले पनि नाम लुम्बिनी राख्ने पक्षमा मत हालेका छन्।

प्रदेशसभाले स्थायी राजधानी दाङको देउखुरी राख्ने निर्णय गरेको छ। दाङ राजधानी राख्ने विपक्षमा कांग्रेसका १३ जनाले मत दिएका थिए। राजधानी राख्ने पक्षमा नेकपाका ६१ र कांग्रेसका ५ सहित ६९ मत खसेकाे थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस