मुन्द्रेको कमेडी क्लब’को अध्यक्षमा करिष्मा……

काठमाडौं । हास्य टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’को दोस्रो सिजनको अध्यक्षका रुपमा करिष्मा मानन्धर देखिने भएकी छिन्।कलाकार जितु नेपाल मुन्द्रेको हास्य टेलिभिजन कार्यक्रम यसअघि दीपाश्री निरौलाले उक्त भूमिका निर्वाह गरेकी थिईन् ।

शोको  अध्यक्षका रुपमा आफू नरहेको निरौलाले फेसबुकमार्फत् जानकारी दिएकी छिन्।उनले भनेकी छिन्, ‘ निकट भविष्यमा टेलिभिजनको पर्दामा केही फरक कार्यक्रम सहित उपस्थित हुनेछु।’ मुन्द्रेले सञ्चालन गर्ने उक्त कार्यक्रमका लागि केही शृंखला छायांकन भइसकेको बताइएको छ। शृंखलाको पहिलो भागमा रेखा थापा अतिथिका रुपमा देखिने बताइएको छ। मुन्द्रेको कमेडी क्लबमा उमेश राई (फुलन्देकी आमा)राजाराम पौडेल, राजेन्द्र नेपाली,  सन्ध्या बुढा ‘काउली बुढी लगायत कलाकार छन्।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस