कोरोना महामारीबीच ७८ नेपाली शान्ति सेना सुडान प्रस्थान

काठमाडौं । विश्वव्यापी कोरोना कहरकैबीच ७८ जना नेपाली शान्ति सैनिकको टोली शान्ति स्थापनार्थ दक्षिण सुडान प्रस्थान गरेको छ । नियमित प्रक्रिया अनुसार आज बिहान नेपाली शान्ति सैनिकको पहिलो डफ्फा मिसन सुडान प्रस्थान गरेको हो ।

नेपाली सेनाका अनुसार दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत हाई रेडिनेस कम्पनी (एचआरसी) को नियमित अदलबदलीका क्रममा नेपाली शान्ति सैनिकको पहिलो डफ्फा काठमाडौंबाट जहाजमार्फत त्यसतर्फ गएको हो ।

दक्षिण सुडानको शान्ति मिसनमा तैनाथ नेपाली सेनाको टोली अदल बदल भएको सेनाले जानकारी दिएको छ । दक्षिण सुडानबाट फर्कने शान्ति सैनिकहरु भोलि नेपाल आइपुग्नेछ ।

कोभिड-१९ महामारीका दौरान पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको यो अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको नेपाली सेनाले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अब घरको डाक्टरले दिनेछन् घर निर्माण लागत घटाउने परामर्श

काठमाडौं । घर तथा बिल्डीङ्ग निमार्ण सम्बन्धि चुनौतीहरूको पहिचान र समाधान गर्न विगत छ वर्ष …

प्रतिकृया दिनुहॊस