काठमाडौँ । यस सिजनको लागि युइएफए च्याम्पियन्स लिगको ड्र सार्बजनिक भएको छ । विहिबार राति सार्बजनिक भएको ड्रमा युभेन्टस र बार्सिलोना एकै समुहमा परेपछि अब रोनाल्डो भर्सेज मेसीको खेल फेरी हेर्न पाइने भएको छ ।
त्यस्तै पिएसजी र म्यानचेस्टर युनाइटेड समेत एकै समुहमा परेका छन् । युइएफले सिधै छनौट भएका २६ टिम र छनौट खेल खेलेर आएका ६ टिम गरि ३२ क्लबको ८ समुहको ड्र सार्बजनिक भएको छ ।
समुह ए मा बायर्न म्युनिख, एटलेटिको म्याड्रिड, आरबी साल्जबर्ग र लोकोमोटीभ मस्को रहेका छन् भने समुह बि मा रियल म्याड्रिड, इन्टर मिलान, शख्तर डोनेटस्क र बोरुसिया मोएनचेंगग्लाडवाच रहेका छन् ।
त्यस्तै समुह सी मा पोर्टो, म्यानचेस्टर सिटी, ओलाम्पिअकोस र मार्सेली रहेका छन् भने समुह डी मा लिभरपुल, आयाक्स, एटलान्टा र मिडत्जील्याण्ड रहेका छन् ।
त्यसैगरी समुह ईमा सेभिया, चेल्सी, क्रान्सनोडर र रेन्नेज रहेका छन् भने समुह एफमा जेनिथ, ब्रुसिया डोर्टमण्ड र ब्रुग्गे रहेका छन् ।
त्यस्तै समुह जीमा युभेन्टस, बार्सिलोना, डाइनामो किभ, फेरेन्कभारोस रहेका छन् भने समुह एचमा पिएसजी, म्यानचेस्टर युनाइटेड, आरबी लेइपजिंग र इस्तानबुल बासाकसेहिर रहेका छन् ।
च्याम्पियन्स लिगका समुह चरणका खेल अक्टोबर २१ देखि शुरु हुने छन् । त्यस्तै दोस्रो खेल अक्टोबर २८ मा हुने छन् । त्यस्तै तेस्रो नोभेम्बर ४ मा र चौथो नोभेम्बर २५ मा हुने छन् । त्यस्तै पाँचौ डिसेम्बर २ मा र समुह चरणको अन्तिम तथा छैठौ खेल डिसेम्बर ९ मा हुने तालिका रहेको छ ।
प्रतिकृया दिनुहॊस