डिशहोमको आइपीएल २०२० लिग अभियान संचालन

काठमाडौं । डिश मिडिया नेटवर्कद्धारा संचालित नेपालको डिटिएच सेवा प्रदायक डिशहोमले क्रीकेटमा हुन लागेकाे महा उत्सवका लागि आफ्नो डिजिटल अभियान सुरु गरेको छ । यस योजनाको कार्यान्वयन डिशहोमद्धारा आइपीएल लिग २०२० को लागी सुचिकृत गरिएको एजेन्सी मार्स प्रालि रहेको कम्पनीले जानकारी दिएकाे छ।

कोभिड १९ को माहामारिका कारण विगत छ महिना देखी देशले कठिन र तनावपूर्ण स्थितीसँग सामना गर्नुपरिरहेकाे छ । क्वारेन्टिनमा बसिरहेको ग्राहकहरुलाई अहिलेको अवस्थामा क्वारेन्टिन नगरिएको एक मात्र विकल्प भनेकै टिभी अथवा इन्टरनेट हुन गएको छ ।

आइपीएल ट्वाइन्टी ट्वाइन्टीको क्रिकेट लिग २०२० उचाइमा पुगिरहेको अवस्थामा डिशहोम देश भित्र रहेका लाखौ क्रीकेट प्रेमी फ्यानहरुसँग डिजिटली जोडिन सकिने र आफ्नो फ्लोअर बेस बढाउन सकिने अवसर को रुपमा अघी बढेको छ । यस अभियानलाई डिशहोम २०२० को मज्जा भनेर नामाकारण गरिएको छ । यस अभियानको विषयबस्तु अन्तर्गत डिशहोमले संपूर्ण दशकहरुको डिजिटल सक्रीयताकालागी #DH2020 को मज्जा जारी गरेको जानकारी दिएकाे छ ।

यस अभियानको मुख्य लक्ष्य भनेको बाकी रहेको २०२० सांच्चिकै उत्साहमय र रमाइलो बनाउने रहेकाे छ । उत्सुक क्रीकेटका फ्यानहरुका लागी फेसबुक र युटुव र डिजिटल एक्टिभिजन गरिएको छ । क्रीकेटसँग सम्वन्धित गतिशिल पोष्टहरु जस्तै विभिन्न भिडियो र खेलका हाइलाईटहरु दिनदिनै आउनेछन् । प्रत्येक डिजाइन र रंगहरुले दर्शकहरुको खेल प्रतिको उत्साह झल्काउने प्रयास गरेकाे कम्पनीले वताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कीर्तिमानी मूल्यमा सुन, कति पुग्यो आज ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बुधबार प्रतितोला …

प्रतिकृया दिनुहॊस