सहकर्मी सँग बदला लिन बालबालिकाको खानामा विष

काठमाडौं । चीनको ज्याओजू सहरस्थित शिशुशालामा बिहानको खाजा खाएपछि बिरामी परेका बालबालिकालाई अस्पताल लग्नुपरेपछि वाङ युनलाई पक्राउ गरिएको थियो।

अदालतका अनुसार वाङले आफ्नी एक सहकर्मीको जिम्मामा भएका विद्यार्थीहरूको खानामा सोडीअम नाईट्राईट मिसाइदिएको ठहर गरेको छ।

ती सहकर्मीसँग विवाद भएपछि प्रतिशोध लिन उनले त्यसो गरेको बताइएको छ।

अदालतले वाङलाई “अनैतिक र दुष्ट” भनेको छ।

गत वर्ष मार्च महिनामा उक्त घटना भएपछि पूरै चीन स्तब्ध भएको थियो। यसले विश्वभरि समाचारमा स्थान पायो।

त्यतिबेला प्रकाशित विवरणमा खाना खाएपछि २३ बालबालिकालाई बान्ता भएको र उनीहरू अचेत भएको उल्लेख छ।

ती शिक्षिकाले विष हालेको आरोप लागेपछि प्रहरीले अनुसन्धान गरेको थियो।

सोमवार स्थानीय अदालतले उक्त मुद्दा टुङ्ग्याउँदै उनलाई मृत्युदण्ड सुनाएको ग्लोबल टाईम्स पत्रिकाले प्रकाशित गरेको समाचारमा उल्लेख छ।

#एजेन्सीको सहयोगमा

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस