फाइल फाेटाे

उपत्यकाका तीन जिल्लामा जाेर-विजाेर चेकजाँचमा कडाई

काठमाडौं। उपत्यका  ट्राफिक प्रहरीले जोर विजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा थप कडाई गरेको छ । भदौ २५ बाट लागु हुने गरी उपत्यका भित्र जोर विजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेअनुसार चेकजाँचमा कडाई  गर्न थालिएको हो।

उपत्यकाका  काठमाडौं ,   ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरी कडाईका साथ चेकजाँच गरिरहेको छ । सवारी जाम बढ्न थालेपछि जोर विजोर प्रणालीलाई प्रभावकारी बनाउन चेकजाँचमा कडाई गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

नियमअनुासर जोर दिनमा  अन्तिम सवारी नम्बर ०,२,४,६ र ८ भएका सवारीसाधन सञ्चालन हुन पाउछन् भने विजोर दिनमा अन्तिम सवारी नम्बर १,३,५,७ र ९ भएका  सवारीसाधन सञ्चालन हुन पाउछन् नियमअनुसार सञ्चालन नहुने सवारीलाई होल्डमा राख्ने गरिएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस