पोखरा । गण्डकी प्रदेशमा मंगलबार थप १८ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १८ जना संक्रमितहरु थपिएका हुन् ।
नयाँ संक्रमितहरुमा कास्कीका १४ जना छन् भने नवलपरासी पूर्वका ४ जना रहेका छन् । सबै संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ ।
गण्डकी प्रदेशमा अहिलेसम्म ३८१३ जना संक्रमित भएका छन् भने अहिलेसम्म २६९७ जना निको भएका छन् । त्यस्तै प्रदेशमा निको हुने दर ७०.७ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या १०८३ रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै प्रदेशमा अहिलेसम्म कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ ।
प्रतिकृया दिनुहॊस