यी स्यानिटाइजरमा भेटियो विषाक्त रसायन, प्रयोग नगर्न आग्रह

काठमाडौं । कोरोनाबाट बच्न ह्याण्ड स्यानिटाइजर प्रयोग गर्न आह्वान भएसँगै बजारमा कम गुणस्तरका स्यानिटाइजर उत्पादन र विक्री बढेको छ ।

सरकारले कम गुणस्तर र स्वास्थ्यलाई हानी पुर्‍याउने रसायन प्रयोग भएका केहि स्यानिटाइजर उत्पादकहरुलाई पक्राउ गरे पनि अहिले पनि लुकिछिपी यस्ता कम गुणस्तरका स्वास्थ्यलाई प्रत्यक्ष असर पुर्‍याउने ह्याण्ड स्यानिटाइजर उत्पादन र विक्री रोकिएको छैन ।

यसैबीच बजारमा प्रयोग हुँदै आएका थप नौ प्रकारका ह्यण्न्ड स्यानिटाइजरमा स्वास्थ्यलाई असर गर्ने रसायन मिसाइएको पाइएकाले प्रयोग नगर्न औषधि विभागले सर्वसाधरण नागरिकलाई आग्रह गरेको छ ।

बिक्री-वितरणका लागि राखिएका विभिन्न कम्पनीका ह्याण्ड स्यानिटाइजरको परीक्षणका क्रममा नौ प्रकारका स्यानिटाइजरमा रसायन मिसाइएको पाइएकाले प्रयोग नगर्न विभागले सूचनामार्फत आग्रह गरेको छ ।

यी हुन स्वास्थ्यका लागि घातक ठहर गरिएका नौ उद्योगका स्यानिटाइर
ओम आरोग्य हेल्थ केयर प्राइभेट लिमिटेड इमाडोल ललितपुर, कुमकुम हर्बल इन्ड्रस्टिज प्राइभेट लिमिटेड बनेपा काभ्रे, साधना सप्लायर्स काठमाण्डौ, कालिका सप एण्ड केमिकल प्राइभेट लिमिटेड काठमाण्डौ लगायतले उत्पादन गरेका ९ प्रकारका ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न विभागले आग्रह गरेको छ ।

रसायनको प्रयोगले वाकवाक लाग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने तथा आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहने डाक्टरले बताउने गरेका छन् । यसअगाडि पनि विभागले विभिन्न नौ कम्पनीका ह्यान्ड स्यानिटाइजरमा रसायन भेटेपछि उत्पादन र प्रयोगमा रोक लगाइसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस