प्रभु बैँकको नेतृत्वमा सुपर आँखुखोला जलबिधुतआयोजनाको वित्तिय व्यबस्थापन सम्पन्न

काठमाडौं ।  प्रभु बैँकको सहबित्तियकरण नेतृत्वमा २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलबिधुत आयोजनाको वित्तिय व्यबस्थापन सम्पन्न भएको छ ।

सम्पन्न एक कार्यक्रममाकुललागत रु. ४ अर्ब ५६ करोड को सो आयोजनामा७५ प्रतिशतअर्थात रु.३ अर्ब ४२ करोड ऋण लगानीगर्न प्रभु बैंक लि.को नेतृत्वमाकर्मचारी संचयकोष र कृषिविकास बैंक लि.लेगोरक्ष हाइड्रोपावर प्रा.लि.द्धारा प्रवर्तित उक्तआयोजनासँग ऋण लगानीसम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन ।
प्रभु बैंक लि.ले रु.१ अर्ब ८२ करोड, कर्मचारी संचयकोषले रु.८५ करोड र कृषिविकास बैंक लि. ले रु.७५ करोड ऋण लगानीगर्ने सो आयोजनामाकुललागतको २५ प्रतिशत, रु.१ अर्ब १४ करोड कम्पनीले संस्थापक र सर्वसाधारणबाट पूँजीमार्फत जुटाउनेछ ।

ऋण संझौतामा सहबित्तियकरण नेतृत्वगर्ने प्रभु बैंकको तर्फबाट प्रमुखब्यापारअधिकृत रेनु प्रसाद पाण्डेय, कर्मचारी संचयकोषका तर्फबाट ट्रेजरी तथालगानी शाखा प्रमुखअर्जुन कुमार गौतम, कृषिविकास बैंककातर्फबाट कर्जा लगानी शाखा प्रमुख मिनराज पोखरेल र गोरक्ष हाइड्रोपावर प्रा.लि.कातर्फबाट प्रबन्ध संचालक रघुनाथ पुरीले हस्ताक्षर गरेका हुन ।

धादिङ्गजिल्लाको रुबीभ्यालीगाउँपालिकामानिर्माणाधिन सो आयोजनाबाट सुख्खायाममा ४१.६३ गिगावाट आवर र वर्षायाममा ९६.६३ गिगावाट आवर गरी कुलवार्षिक १३८.२६ गिगावाट आवर विद्युतउ त्पादनहुनेछ ।

कम्पनीले नेपालविद्युत प्राधिकरणसँग (टेक अर पे) को आधारमाविद्युतखरिद बिक्री संझौता९एएब्०सम्पन्नगरीसकेको छ ।
बिधुतमाआत्मनिर्भर बनाउने नेपाल सरकारको लक्ष्यमा साथदिंदैबिधुततथाउर्जा बिकास जस्ता राष्ट्रिय प्राथमिकताका क्षेत्रमालगानी बढाउँदै जाने बैँककोलक्ष्यबमोजिमबैँकले देशभर हालसम्मबिभिन्न ४० भन्दा बढी बिधुतआयोजनाहरुमा लगानी गरिसकेको प्रभु बैँकका कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी गराए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस