अछाम अस्पतालमा भेन्टिलेटर नहुँदा ३४ वर्षीय कोरोना संक्रमित युवाको गयो ज्यान

अछाम । जिल्ला अस्पताल अछाममा भेन्टिलेटर नहुँदा एक ३४ वर्षीय कोरोना संक्रमित युवकको ज्यान गएको छ । जिल्ला अस्पताल अछाममा उपचाररत बान्नीगढी जयगढी गाउँपालिका–३ का ३४ वर्षीय युवकको शनिबार राति निधन भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले पुष्टि गरे ।

उनले युवाको स्वास्थ्यमा समस्या भएपछि शुक्रबार बिहान अस्पताल पुर्‍याइएको र राति ९ बजे उनको मृत्यु भएको जानकारी दिए । गत भदौ २५ गते भारतबाट फर्किएका उनलाई बान्नीगढ जयगढ गाउँपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । त्यहाँ रहेका उनीसहित १९ जनाको कोरोना परीक्षण गर्दा सबैमा संक्रमण पुष्टि भएको थियो ।

अस्पतालमा आईसीयू सेवा नहुँदा संक्रमितलाई बचाउन नसकिएको बान्नीगढी जयगढी गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् । संक्रमितमा कोरोनाका लक्षण समेत देखिएकाले स्वास्थ्य जटिल रहेको जानकारी दिंदै गाउँपालिका अध्यक्ष खड्काले भने, ‘राख्न भेन्टिलेटर नहुँदा धनगढी लैजाने तयारी गर्दागर्दै राति नै मृत्यु भइहाल्यो ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल

काठमाडौँ । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा …

प्रतिकृया दिनुहॊस