विश्वमा कोरोनाबाट ९ लाख ९८ हजारले ज्यान गुमाए, कति पुगे संक्रमित ?

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ३ करोड ३० लाख नाघेको छ भने ९ लाख ९८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ३० लाख ५२ हजार ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ९ लाख ९८ हजार ६७७ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ३ करोड ३० लाख ५२ हजार ८४ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ९ हजार १७७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ७२ लाख ८७ हजार ५६१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४३ हजार २०६ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ७३७ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९४ हजार ४३४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार १२४ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ८९ हजार १० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५९ लाख ९० हजार ५८१ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४७ लाख १८ हजार ११५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७१२ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ४१ हजार ४४१ पुुगेको छ ।

नेपालमा शनिबार देशभर गरी १,२०७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ७१,८०० नाघेको छ । नेपालमा अहिलेसम्म ४६७ सङ्क्रमितको मृत्यु भएको छ भने निको हुनेको सङ्ख्या ५३,००० नाघेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस