साउनमा ९२ अर्ब ७१ करोड रेमिट्यान्स भित्रियो

काठमाडौं – कोभिड-१९ संक्रमणका बीच चालु आव २०७७-७८ को पहिलो महिना साउनमा रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार साउनमा ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २.० प्रतिशतले बढेकोमा यो वर्ष २३.० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९.० प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८०.० प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।

साउनमा खुद ट्रान्सफर आय २०.० प्रतिशतले बढेर १ खर्ब १ अर्ब ८७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.२ प्रतिशतले बढेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

टेलिकमले माग्यो १२९ कर्मचारी, कुन पदका लागि कति जना ? (सूचनासहित)

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । टेलिकमले विभिन्न प्राविधिक …

प्रतिकृया दिनुहॊस