भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९३ हजार नाघ्यो

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १०८९ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ९३ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ९३ हजार ३७९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८५ हजार ३६२ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५९ लाख नाघेको छ । भारतमा कुल संक्रमित ५९ लाख ३ हजार ९३३ पुगेको छ । भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ४८ लाख ४९ हजार ५८५ जना ठिक भएका छन् । त्यस्तै ९ लाख ६० हजार ९६९ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् । त्यस्तै भारतमा अहिलेसम्म कुल ७ करोड २ लाख ६९ हजार ६७५ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १३ लाख ४१ हजार ५३५ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस