सैन्य विमान दुर्घटना हुँदा युक्रेनमा २२ जनाको गयो ज्यान

काठमाडौं । सैन्य विमान दुर्घटना हुँदा युक्रेनमा २२ जनाको ज्यान गएको छ । दुर्घटनमा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

युक्रेनी अधिकारीहरुका अनुसार चालक दलका सदस्यहरुको लापरवाहीका कारण राजधानीबाट ४०० किलोमिटर उत्तर पूर्वमा रहेको स्थानमा विमान दुर्घटना भएको हो । दुर्घटनाअघि चालकले विमानमा केही खराबी आएको संकेत गरेको इन्टर फेक्स युक्रेन समाचार एजेन्सीले जनाएको छ ।

युक्रेनका राष्ट्रपति वोल्डामिर जेलेन्स्कीले विमान दुर्घटना भएको पुष्टि गर्दै दुर्घटनास्थलको अवलोकन गर्ने बताएका छन् । उनले विमान दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको पनि जानकारी दिए । विमानमा सैन्य अधिकारी, चालक दलका चार जना सदस्यसहित २८ जना सवार रहेको बताइएको छ । एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस