सुदूरपश्चिममा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ४६ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । कैलालीका २४, डडेल्धुराका १, डोटीका ४, बझाङका ७ र बैतडीका १० जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

त्यस्तै त्यहाँ अछाममा १००, बैतडीमा ७९, बझाङ्गमा ९५, डडेल्धुरामा १६, दार्चुलामा ३१, डोटीमा १३२, कैलालीमा ४७६ र कञ्चनपुर ३३ जना सक्रिय संक्रमित रहेका छन् । विभिन्न अस्पतालहरुमा ५२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा १५, टीकापुरमा ९, महाकालीमा १३, अछाममा १०, डोटीमा २, डडेल्धुरा अस्पतालमा ३ जनाको उपचार भइरहेको छ । शंकास्पद १४ जना आईसोलेसनमा छन ।

यस्तै त्यहाँ कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या ५ हजार ८५५ पुगेको छ । बिहीबार विभिन्न अस्पतालबाट ८ र अपडेट नगरिएका ५७ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या ५ हजार ८५५ पुगेको हो । हालसम्म मृत्यु हुने संक्रमितको संख्या पनि १३ पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस