भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९२ हजार नाघ्यो

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ११ सय ४१ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ९२ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ९२ हजार २९० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८६ हजार ५२ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५८ लाख नाघेको छ । भारतमा कुल संक्रमित ५८ लाख १८ हजार ५७१ पुगेको छ । भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ४७ लाख ५६ हजार १६५ जना ठिक भएका छन् । त्यस्तै ९ लाख ७० हजार ११६ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् । त्यस्तै भारतमा अहिलेसम्म कुल ६ करोड ८९ लाख २८ हजार ४४० नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १४ लाख ९२ हजार ४०९ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डब्ल्यूएचओले थप प्रतिबन्धबारे सरकारहरूलाई किन दियो चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसविरुद्धको लडाइँमा हार नखान सरकारहरूलाई अपिल गरेको छ। …

प्रतिकृया दिनुहॊस