सुन आज तोलामा ८ सयले बढ्यो

काठमाडौँ । शुक्रबार सुन र चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सयले बढेर प्रतितोला ९३ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार सुन तोलाको ९३ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ४ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी शुक्रबार चाँदीको मुल्य तोलामा ४० रुपैयाँले बढेर तोलाको ११ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस