होम आइसोलेसनमा बस्ने बढे

चितवन । पछिल्लो समय चितवनमा होम आइसोलेसनमा बस्ने संख्यामा वृद्धि आएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार यहाँको हाल कोरोना सक्रिय सङ्क्रमित ९४३ रहेका छन् । त्यसमध्ये ६२६ होम आइसोलेसनमा बसेका छन् । बाँकी ३१७ जना संस्थागत आइसोलेसनमा बसेका छन् ।

कार्यालयमा प्रमुख दीपक तिवारीका अनुसार होम आइसोलेसनमा बस्ने मानिस इमान्दार भए अस्पतालमा जस्तै घरमा पनि सुरक्षित हुने भएकाले होम क्वारेन्टिन प्रभावकारी देखिएको हो ।

‘लक्षण नभएकाहरु अस्पतालको आइसोलेसनमा बस्न उपयुक्त ठान्न छाडे’, उनले भने, ‘घरमा बसेपछि खानापाना पनि राम्रो हुने र छिटो निको हुने भएकाले पनि संख्यामा वृद्धि भएको हो । छुटै बस्न भौतिक संरचना नभएकाहरु संस्थागत आइसोलेसनमा बस्नुभएको छ ।’ यससँगै जिल्लामा सञ्चालनमा रहेका क्वारेन्टिन पनि विस्तारै खाली हुँदै गएको छ ।

लक्षण नभएका सङ्क्रमित अस्पताल जाँदा शय्याको अभावमा जटिल बिरामीको उपचारमा समस्या आउने भएकाले पनि होम आइसोलेसनमा बस्न सरकारको निर्देशन छ । लक्षण देखिएका कोरोना सङ्क्रमित अस्पताल जानुपर्ने सरकारको मापदण्ड निर्धारण गरेकाले पनि होम आइसोलेसनमा बस्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको प्रमुख तिवारी बताउँछन् ।

होम आइसोलेसनमा बसेर कोरोना सङ्क्रमणमुक्त महिलाका अनुसार होम आइसोलेसनमा बस्दा केही कठिन भए पनि परिवारको सहयोगले प्रभावकारी बन्छ । घरमै परिवारबाट छुट्टै बसरे गुर्जो, बेसारपानी र स्वास स्प्रस्वाससम्बन्धी व्यायाम गरे छिट्टै कोरोनालाई परास्त गर्न सकिन्छ । हाल होम आइसोलेसनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ४४९ जना बसेका छन् ।

रत्नननगरमा ६५, खैरहनीमा ५६, राप्तीमा २५, कालिकामा २१, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा पाँच–पाँच जना छन् । चितवनमा अहिलेसम्म एक हजार ६७७ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । जसमध्ये पुरुष ९९३ र महिला ६८४ छन् । त्यसमध्ये ७१५ कोरोना निको भई घर फर्किएका छन् भने १८ जनाको मृत्यु भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शपथ लिएको भोलिपल्टै मुख्यमन्त्रीको पद धरापमा

शपथ प्रकरणपछि रन्जिता पक्षका दुई सांसदमा समेत फुट देखिएपछि बिहीबारमात्रै मुख्यमन्त्रीको शपथ खाएका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई अप्ठ्यारो परेको छ । नाउपाकी सांसद टीका थापाले समर्थन फिर्ता लिएको घोषणा गरेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन् । मन्त्रीको शपथ लिन बिहीबार प्रदेश प्रमुखको कार्यालय पुगेकी उनी मन्त्रालयको टुङ्गो नलागेको भन्दै शपथ नलिई फर्केकी थिइन् ।

प्रतिकृया दिनुहॊस