विश्वभरिमा २ करोड ३९ लाख कोरोना संक्रमित निको भए

काठमाडौं । विश्वभरिमा कोरोनाभाइरस संक्रमितमध्ये निको हुनेको संख्या २ करोड ३९ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ३ करोड २३ लाख ९४ हजार ८३० जना पुगेकोमा २ करोड ३९ लाख ४ हजार ६८७ जना संक्रमणमुक्त भएका हुन् ।

संक्रमितमध्ये हालसम्म ९ लाख ८७ हजार ६६ जनाको मृत्यु भइसकेको छ । कुल संक्रमितमध्ये अब सक्रिय संक्रमितको संख्या ७५ लाख ३ हजार ७७ छ । जसमध्ये ९९ प्रतिशत अर्थात् ७४ लाख ३९ हजार ७ सय ५९ जनाको स्वास्थ्य अवस्था सामान्य छ भने ६३ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटरले जनाएको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ७ हजार ५३८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ७१ लाख ८५ हजार ४७१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजार ३५५ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ९४२ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ हजार ३१७ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८५ हजार ९१९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५८ लाख १६ हजार १०३ पुगेको हो ।प्रभावित

देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४६ लाख ५९ हजार ९०९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८१८ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ३९ हजार ८८३ पुुगेको छ ।

नेपालमा विहिबार देशभर गरी १४९६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ६९ हजार नाघेको छ । निको हुनेको संख्या ५० हजार नाघेको छ भने देशभरि १८,४३७ जनामा सक्रिय सङ्क्रमण छ । अहिलेसम्म ४५३ सङ्क्रमितको मृत्यु भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस