आईपीएल : किङ्स इलेभेन पन्जाब ९७ रनले विजयी

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलेभेन पन्जाबले पहिलो जित निकालेको छ ।

गए राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गर्दै पन्जाबले पहिलो जित निकालेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा समेटियो ।

बैंगलोरका लागि वासिङ्गटन सुन्दरले सर्वाधिक ३० रन जोडे । यस्तै एबी डी भिलियर्सले २८ तथा आरोन फिन्चले २० रन बनाए शिवम डुबे १२ रनमा आउट भए । बैंगलोरलाई सस्तैमा समेट्न पन्जाबका रवि विश्नोई र मुरुगान आश्विनले ३–३ विकेट लिए । सेलड्रोन कोट्रेलको नाममा २ विकेट रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो । पन्जाबका लागि कप्तान केएल राहुलले अविजित रहँदै १ सय ३२ रनको शतकीय इनिङ्स खेले । उनले ६९ बलमा ७ छक्का र १४ चौका प्रहार गरे ।

उनी यस सिजनको आईपीएलमा शतक बनाउने पहिलो खेलाडी बने । यस्तै मायांक अग्रवालले २६ तथा निकोलस पुरनले १७ रन बनाए । करुण नायर १५ रनमा अविजित रहे । बैंगलोरका शिवम डुबेले २ तथा युजभेन्द्र चाहलले १ विकेट लिए । जितसँगै पन्जाबले २ खेलमा २ अंक जोडेको छ ।

पन्जाब तालिकाको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । बैंगलोरको यो पहिलो हार हो । पहिलो खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले हराएको थियो । बैंगलोर २ खेलमा २ अंकसहित छैटौं स्थानमा रहेको छ । एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उत्कृष्ट प्रदर्शनमा हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । …

प्रतिकृया दिनुहॊस