सनराइज बैंकले सुरु गर्यो ‘डिजिटल टेलर’ सेवा

काठमाडौं । सनराइज बैंकले ‘डिजिटल टेलर’ सेवा सुरु गरेको छ। बैंकले काउन्टर मार्फत नगद झिक्ने प्रक्रियालाई सहज बनाउन यो सेवा सुरु गरेको हो।

उक्त सेवाअनुसार अब चेक तथा एटिएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्छ। बैंकमा खाता हुने सबै ग्राहकले मोबाइल बैंकिङ्ग एप्लीकेसन ‘सनराइज स्मार्ट’को प्रयोग गरेर बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड स्क्यान गरी रकम झिक्न सकिन्छ।

एक दिनमा १ लाख रुपैंया र प्रति महिनामा १० लाख रुपैयाँसम्म नगद निकाल्न सकिने बैंकले बताएको छ। यो सेवाले सर्वसाधारणलाई डिजिटल बैंकिङ्गमा अभ्यस्त बनाउन सघाउने बैंकको विश्वास छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन बैंकको सीईओमा अशोक राणा पुनः नियुक्त

काठमाडौं । हिमालयन बैंकको सीईओमा आशोक राणा पुनः नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको …

प्रतिकृया दिनुहॊस