बुटवलको कोरोना अस्पतालमा दुई संक्रमितको मृत्यु

काठमाडौं । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी पश्चिम र कपिलवस्तुका एक-एक जना संक्रमित छन् ।

अस्पतालमा उपचाररत नवलपरासी रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको आज विहान ४ बजे मृत्यु भएको हो । भदौ २७ गते अस्पताल भर्ना भएका उनमा कलेजोको समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी दिए ।

यस्तै कपिलवस्तु बुद्धभूमि नगरपालिका ६ का ५० वर्षीय पुरुषको आज विहान ७ बजे मृत्यु भएको हो । असोज १ गते अस्पताल भर्ना भएका उनमा मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ । दुवै संक्रमितको भेन्टिलेटरमा राखेर उपचारका क्रममा मृत्यु भएको डाक्टर खनालले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्वदेश फर्किए कतारका राजा, राष्ट्रपतिले गरे विदाइ

काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई …

प्रतिकृया दिनुहॊस