स्याङयोङ्ग सुपर डिस्काउन्ट याेजना सार्वजनिक

काठमाडाै । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्सले “स्याङयोङ्ग सुपर डिस्काउन्ट” ल्याएको छ । जहाँ ग्राहकहरूले यस अफर अन्तर्गत Korean luxury SUV, XLV मा ३ लाख छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी Tivoli अथवा XLV सँग एक्सचेन्ज गरेको बापत २ लाख एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी कम्पनीले COVID वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिइनेछन् । साथै आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई यसप्रकार अफर प्रदान गरेको छ ।

एक वर्ष निःशुल्क बीमा
रु. २५ हजार बराबरको निःशुल्क Accessories
सात बर्ष सजिलो Finance
तीन बर्ष वारेन्टि
निःशुल्क सर्भिसिङ्ग (४ पटक वा रिफरल ग्राहकहरूको लागि १ बर्षसम्म)
यस स्याङयोङ्ग सुपर डिस्काउन्ट अफर २०७७ साल असोज ७ गते देखि असोज २० गते सम्ममात्र हुने कम्पनीले जानकारी दिएकाे छ ।

स्याङयोङ्गको बारेमा
स्याङयोङ्ग कोरियाको चौथौ ठूलो गाडीहरु उत्पादन गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन् जसको मुख्य कारणमा कम्पनीका दक्ष इन्जिनियरहरु हुन् । उनिहरुका अन्य मोडलहरु जस्तै SUVs, Pickup trucks / MPVsरहेका छन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस