ज्योति विकास बैंकद्वारा तिलगंगा अस्पताललाई सहयोग

काठमाडौ । ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई कोरोना र आँखाबीचको सम्बन्ध सम्बन्धि अनुसन्धानको लागि सहयोग गरेको छ ।

तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको डिटेक्सन अफ सार्स कोभ २ को लागि बैंकले सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत दुई लाख बराबरको आर्थिक सहयोग गरेको छ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट प्रतिष्ठानको अनुसन्धान विभागका निर्देशक डा सुमन थापाले उक्त सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले डा सन्दुक रुईतको संयोजकत्वमा गरिरहेको उक्त अनुसन्धानमा कोरोना भाइरस र आँखाबीचको सम्बन्धको अध्ययन भइरहेको हो । अनुसन्धानले नेपाली कोरोना संक्रमितहरुको आँखामा कोरोना भाइरसको असर र आँखाबाट भाइरस संक्रमण सम्बन्धि अध्ययन गरिरहेको हो । नेपालमा यस किसिमको अनुसन्धान पहिलो पटक भइरहेको हो ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रर्वधन कोष मार्फत बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ ।

हाल बैकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ३७ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब ३१ अर्व रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस