ऋण, धितो र ब्याज अनुदानको सदुपयोग गर्न महिला चेम्बरकी अध्यक्ष उर्मिलाको आग्रह

काठमाडौं ।नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले कोभिड-१९ पश्चात ॠणको दबाबले उद्योगी व्यवसायीमा मनोबल घटेको बताए । नेपाल महिला चेम्बरद्वारा आईतबार आयोजित नेपालको अर्थतन्त्रमा कोभिड-१९ को असर, चुनौती र अवसर विषयक अन्तक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन्।

सेमिनार कार्यक्रम माझ प्रमुख वक्ताका रुपमा प्रस्तुति दिने क्रममा उपाध्यक्ष अग्रवालले लामो समयसम्म जारी बन्दाबन्दीले नेपालको उद्योग व्यापारको क्षेत्र नराम्रोसँग प्रभावित बनेको उल्लेख गर्दै खाद्यान्न, स्वास्थ्य सामाग्री वाहेकका अन्य क्षेत्रले ठुलो घाटा व्यहोर्नु परेको बताए। उनले निजी क्षेत्रले अप्ठयारो परिस्थितीको सामना गर्नु परेकोले देशको कुल गर्हास्थ उत्पादनमा ह्रास आएको बताउदै अर्थतन्त्रमा परेको विविध असर बारे चर्चा समेत गरेका थिए।

 

 

 

सो अवसरमा महिला चेम्बरकी महासचिव लिमा अधिकारीले सहभागिताका लागि सबैमा धन्यवाद ज्ञापन गर्दै महिला उद्यमशीलतामा देखिएको चुनौतीलाई सामना गर्दै अघी बढन आपसी समन्वय आवश्यक रहने बताए । कार्यक्रममा महिला चेम्बरका सल्लाहकार त्रय शान्ती शाक्य, अन्जना ताम्राकार, निलम ताम्राकार, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, नेपाल चेम्बरका महानिर्देशक कैलाशकुमार वजिमय, उपनिर्देशक सृष्टि त्रिपाठीसमेतको उपस्थिती रहेको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस