सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ घट्यो

काठमाडौँ । मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १७ सयले घटेर प्रतितोला ९५ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको ९७ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजारमा कारोबार भइरहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेर तोलाको १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस